images
images
  • देउवाले १३ सांसदलाई निष्कासन गर्ने धम्की दिएपछि लामापक्षले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने

    काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिनेबारे अड्कलबाजीमा रहेका नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वको समूह अन्ततः हेटौँडा पुगेको छ ।

    काठमाडौंबाट भर्खरै हेटौँडा आएका लामा समूहका १३ जना सांसद केही समयअघि मात्र यहाँ पुगेका हुन् ।

    उनीहरूको उपस्थितिसँगै प्रदेश सभा बैठक बस्ने तयारी भएको छ ।

    पहिले साँझ ४ बजे बस्ने भनिएको बैठक केही ढिलाइपछि सुरु हुने भएको हो ।

    उनीहरूले बानियाँलाई विश्वासको मत दिने सक्ने आकलन गरिएको छ ।

    स्रोतका अनुसार पार्टी ह्वीप उलंघन गरेमा लामा पक्षका सबै सांसदलाई पार्टीबाट निष्कासन गर्ने धम्की दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images