images
images
  • रवि लामिछानेको निवेदनमाथिकाे बहस सकियाे

    बुटवल– रूपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ ।

    न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । आज नै आदेश आउन सक्ने बताइएको छ ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रूपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

    त्यसपछि लामिछाने धरौटी आदेशविरुद्ध ७३ वटा निवेदनसहित उच्च अदालत पुगेका थिए । गत वर्ष चैत २२ गते उच्च अदालतको आदेशपछि उनी मुद्दाको पुर्पक्षका लागि थुनामा गएका हुन् ।

    उनले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनः ७३ नम्बरको निवेदन दिएका थिए । सर्वोच्च अदालतले पनि उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

    अहिले लामिछानेले जिल्ला अदालतमै सहकारी ऐनको दफा १३१ (क) बमोजिम बिगो तिरेर साधारण तारेखमा रिहाइको माग गर्दै निवेदन दिएका हुन् ।

    लामिछानेले आफ्नो भागको बिगोबापत दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेको निवेदनमा उल्लेख गरेका छन् ।

    तर, उनले दाबी गरेको दफा १३१ (क) को उपदफा २ ले संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता अभियुक्तलाई मिलापत्र गर्न प्रतिबन्ध लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images