images
images
  • मदन भण्डारी फाउन्डेसनमाथि ओलीको गिद्धे नजर, प्रतिबन्द गर्नसक्ने संकेत

    काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तोष प्रकट गरेका छन् ।

    पार्टीको हितसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि फाउन्डेसनको भविष्य अनिश्चित देखिएको उनको टिप्पणी छ ।

    मदन आश्रित स्मृति प्रतिष्ठानको शपथ ग्रहण कार्यक्रममा सोमबार सम्बोधन गर्दै ओलीले फाउन्डेसनबारे स्पष्ट पारे ।

    यो पार्टीले आधिकारिक रूपमा स्थापना गरेको संस्था नभई अन्य ढंगले बनेको हो ।

    उनका अनुसार, ‘मदन आश्रित स्मृति दिवस मनाउन, श्रद्धाञ्जली दिन वा जन्मदिन मनाउन रोकावट हुने र जन्मदिनकै दिन विकृतिपूर्ण लेख प्रकाशित हुने अवस्थापछि हामीले एउटा संस्था

    बनाउनुप¥यो । यो पार्टी र आन्दोलनप्रति निष्ठापूर्वक जन्मिएको हो । तर, मदनका विचारसँग असहमत भई पाखण्डी व्यवहार गर्नेहरूको प्रभावमा भने परेको छैन ।’

    ओलीले थपे, ‘यो संस्था पार्टी र आन्दोलनकै पक्षमा बनेको हो । तर, पछिल्लो अभिव्यक्ति र ‘चक्रपथ’ अनलाइनजस्ता प्रस्तुति हेर्दा यसले आगामी दिनमा कुन दिशा लिन्छ भन्ने प्रश्न उठेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images