images
images
  • बाबुको किरिया छोराहरूले नगरेपछि छोरी बनेपा नगरपालिकाकी उपमेयर सापकोटा बस्दै

    काठमाडौं– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहाल आफ्ना दिदीबहिनीसँगै बुवाको किरिया बस्दैछिन् ।

    उनका बुवा हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

    पाँच दिदीबहिनीमध्ये जेठी सुन्तली र माइली कमला स्वास्थ्य कारण किरियामा सहभागी भएनन् ।

    निर्मला सापकोटा एमाले काभ्रे बुद्धिजीवी परिषद् जिल्ला कोषाध्यक्ष र राधिका सापकोटा एमाले धादिङकी उपसचिव हुन् ।

    किरियामा बसेपछि छिमेकी र केही दाजुभाइले बहिष्कार गरेको बिमलाले सामाजिक सञ्जालमार्फत गुनासो गर्दै विभेदविरुद्धको अडान कायम राख्ने बताएकी छिन् ।

    उनका अनुसार मृत्युपश्चात् पनि छोरीहरूले काजकिरिया बस्न नहुने भन्ने सोचका कारण समाजमा बहस भएको छ ।

    उनले बहिष्कारका छलफल रोक्न आग्रह गर्दै १३ दिनको किरिया सकेपछि माइतीको ढोका सधैंका लागि बन्द गर्ने घोषणा गरेकी छिन् ।

    स्थानीयका अनुसार केही दाजुभाइले ढिकुरो बनाउन पनि नगएर बहिष्कार गरे, भने अन्य केहीले साथ दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images