काठमाडौं– हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन् ।
ती महिलाहरू फ्लाइ दुबईको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायलतर्फ जाँदै गर्दा भावुक दृश्य देखा परेको थियो ।
विमानस्थल प्रवेश गर्ने क्रममा आमा र छोरी दुवैले आँसु रोक्न सकेनन् ।
इजरायल सरकारले विपिनको रिहाइ अभियानलाई थप बलियो बनाउने उद्देश्यले उनीहरूलाई त्यहाँ लगिँदैछ ।
विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
२०८० असोज २० गतेदेखि परिवारसँग सम्पर्क विहिन छन् ।
हमासले कब्जा गरेका धेरै बन्दीहरू रिहा भइसकेका भए तापनि विपिनको स्थिति अहिलेसम्म पत्ता लागेको छैन ।
प्रतिक्रिया दिनुहोस्























