images
images
  • रवि लामिछानेको २ करोड ७४ लाख तिर्ने जिम्मा प्रभुको, कसले गर्ला जेलमुक्त ?

    काठमाडौं– रूपन्देही जिल्ला अदालतमा सोमबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सहकारी ठगी मुद्दामा दायर जमानत निवेदनमाथि सुनुवाइ हुँदैछ ।

    बुटवलको सुप्रिम सहकारीको रकम गैरकानूनी रूपमा गोर्खा मिडियामा ल्याएको आरोपमा थुनामा रहेका लामिछानेले १२ पेजको निवेदनमा तीन मुख्य आधार प्रस्तुत गरेका छन् ।

    भैरहवा कारागारको दयनीय अवस्था, मुद्दामा प्रमाणको अभाव र हुनसक्ने विगो बराबरको रकम बैंक ग्यारेन्टीमार्फत बुझाउने तयारी गरेका छन् ।

    उनले भैरहवा कारागारलाई ‘मध्ययुगीन यातनागृह’ भन्दै स्वास्थ्य र मानव अधिकारसम्बन्धी गुनासो गरेका छन् ।

    आफूले सहकारीको रकम अपचलन नगरेको र राजनीतिक प्रतिशोधका कारण मुद्दा दायर गरिएको दाबी गर्दै २ करोड ७४ लाख रुपैयाँको प्रभु बैंक ग्यारेन्टी पेश गरेका छन् ।

    उनले सहकारी ऐनमा भएको मिलापत्रको व्यवस्था र मुलुकी फौजदारी कार्यविधि संहिताका प्रावधानअनुसार साधारण तारिखमा पुर्पक्ष गर्न माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images