काठमाडौं– प्रहरीले पशुपति क्षेत्रबाट ४१ जना शंकास्पद व्यक्तिलाई पक्राउ लिएको छ ।
मन्दिर आसपास शंकास्पद गतिविधि गरिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भोलि (साउन २६ गते) साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा भक्तजनको भिडभाड हुने र पकेटमार सक्रिय हुने भएकाले शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गौशाला प्रहरीका अनुसार, पटकपटक पकेटमारी र चोरीको कसुरमा पक्राउ पर्दै छुट्दै आएका तथा शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूलाई पक्राउ गर्न ‘स्विप अपरेसन’ नै चलाएको थियो ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्