काठमाडौं– पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मासु र हड्डी चोरी भएको छ ।
यो अनौठो घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
काभ्रेको बनेपा–९ का राम शाहीको शव दहनका बेला मासुको टुक्रा झिकेर अरुलाई दिएको आरोपमा घाटे गणेश ढकाल पक्राउ परेका छन् ।
उनले मासु नभएर हड्डी निकालेको दाबी गरे पनि मलामीहरूले मासु बिक्री गरेको आरोप लगाएका छन् ।
प्रहरीले शवबाट अंग झिक्ने कार्य अघोरी बाबासँगको मिलेमतोमा भएको हुनसक्ने आशंका राखेको छ ।
घटनाको थप अनुसन्धान गरिरहेको छ ।
कानुनी कारबाहीको विषयमा भने अझै स्पष्टता नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























