images
images
  • रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन आवेदन दिएकाहरूसँग छलफल गर्दै रास्वपा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक ९ जनासँग सामूहिक छलफल गर्ने तयारी गरेको छ ।

    कात्तिक १७ गते हुने उपनिर्वाचनमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवारीका लागि पार्टीमा आवेदन दिएका छन् ।

    रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चःमतिमा उनीहरूसँग छलफल चलाउने जानकारी दिए ।

    छलफलको अवलोकन लुम्बिनी प्रदेश सभापति देवराज पाठक र कोषाध्यक्ष लिमा अधिकारीले गर्नेछन् ।

    यसअघि २०७९ मंसिरमा भएको निर्वाचनमा राप्रपाका दीपक बोहराले रूपन्देही–३ बाट जित हासिल गरेका थिए ।

    उनका निधनपछि सो क्षेत्रमा उपनिर्वाचनको घोषणा भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images