काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनालप्रति कडा टिप्पणी गर्दै पार्टीको विरोध गर्ने हो भने एमालेमै बसे हुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मिडियामा गएर विद्रोहको औचित्य छैन भन्नु पार्टी अनुशासन विपरीत भएको बताए ।
‘विद्रोह ठिक लागेन भने केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो,’ उनले भने ।
नेपालका अनुसार संविधान मिच्ने र संसद् भंग गर्ने ओलीको कदमकै विरोधमा एमालेबाट अलग भएर नयाँ दल बनाइएको हो ।
उनले कम्युनिष्ट आन्दोलन बद्नाम हुन नदिन र संविधान जोगाउन पार्टी विभाजन आवश्यक भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्























