काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीद्वयसँग पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् ।
बैठक देउवा निवास बूढानीलकण्ठमा जारी छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा साथै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सहभागी छन् ।
पार्टी स्रोतका अनुसार बैठकमा हालका राजनीतिक परिस्थितिसँगै ‘कुलिङ पिरियड’ विवादमा संसदीय समितिद्वारा नैतिक जिम्मेवार ठहरिएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको विषय पनि उठाइएको छ ।
समितिको निर्णयपछि खतिवडामाथि राजीनामाको दबाब बढेको बताइन्छ ।
विपक्षीले संसदमै उनको राजीनामा माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























