काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँस्थित एमाले नेता विदुर मैनालीको निजी घर भाडामा लिएर सचिवालय सञ्चालनमा ल्याएकी छन् ।
यही घरमा २०४८ सालमा मदन भण्डारीले चुनावी कार्यालय राखेका थिए भने २०५० सालको उपनिर्वाचनमा विद्या भण्डारीले पनि सोही घर प्रयोग गरेकी थिइन् ।
हाल उक्त घर मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको सम्पर्क कार्यालयका रूपमा प्रयोग गरिने एमाले स्रोतले जनाएको छ ।
समितिको संयोजकमा डोरमणि पौडेल रहेका छन् ।
राजनीतिमा पुनः सक्रियता जनाउँदै सदस्यता नवीकरण गराएकी भण्डारीको सदस्यता एमाले केन्द्रीय कमिटीले निष्क्रिय बनाएको थियो ।
तर, भण्डारीले आफूबाट सदस्यता खोस्न नसकिने भन्दै प्रतिक्रिया दिएकी थिइन् ।
भण्डारी हालसम्म भंगालस्थित निवासमै बस्दै आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्























