काठमाडौं– गायक पशुपति शर्मा कार दुर्घटनामा परेका छन् ।
बुधबार दिउँसो गायक पशुपति शर्मा सवार कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको छ ।
पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार कारमा पशुपति शर्मासहित चार जना सवार थिए । दुर्घटनामा कारमा सामान्य क्षति भएको छ ।
गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा पुगेका हुन् । दुर्घटनामा गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















