काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहको कर्णाली भ्रमणको क्रममा जुम्लाकी पञ्चकली बुढाले मार्मिक देउडा सुनाइन् ।
पञ्चकलीले उनलाई पूर्वराजपरिवारको सदस्य नभई एक सामान्य व्यक्ति झैँ गरेर संवाद गरेकी थिइन् ।
‘मैले उहाँलाई पूर्वराजपरिवारको सदस्यको रूपमा भेटेकी होइन,’ पञ्चकलीले भनिन्, ‘उहाँ पनि मजस्तै एक सामान्य व्यक्ति हो भनेर कुराकानी गरेकी थिएँ ।’
उनका अनुसार हृदयन्द्रको व्यवहार एकदमै नम्र, शिष्ट र जनमुखी थियो । ‘उहाँमा म ठूलो मान्छे हुँ भन्ने घमण्ड थिएन,’ उनले भनिन्, ‘उहाँ सबैसँग हाँसेर बोल्नुहुन्थ्यो ।’
पञ्चकलीको भनाइमा हृदयन्द्र शाहको मन ठूलो भए पनि उहाँ आफूलाई बाहिरबाट एकदमै सामान्य र भद्र व्यवहारमा प्रस्तुत गर्नुहुन्थ्यो ।
उनको यस्तो विनम्र र सरल स्वभावले जुम्लावासीहरूलाई प्रभावित बनाएको देखिन्छ ।
हृदयन्द्रले जुम्ला भ्रमणको क्रममा स्थानीयसँग घुलमिल भएर देउडा पनि सुनेका थिए भने जनजीवनको अवस्थाबारे चासो समेत देखाएका थिए ।
त्यहाँ पुगेर उनले भ्लग पनि बनाएका छन् ।
भ्लग निकै चर्चित बनेको छ ।























