सुनसरी– सुनसरीको कोसी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा नक्कली नोटसहित दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमाननगर कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक छन् ।
इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको टोलीले गए राति (साउन २०) उनीहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्























