काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि/पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको छ ।
कुल ५,३०० कोटा तोकिएको छ ।
जसमा ३,५०० उत्पादनमूलक र १,८०० कृषि/पशुपालन क्षेत्रका लागि छन् ।
एक व्यक्तिले एकै क्षेत्रमा मात्र आवेदन दिन पाउनेछ ।
भाषा परीक्षा पास गरेपछि मात्रै स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी हुन पाइनेछ ।
१८ देखि ३९ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
आवेदकले फौजदारी सजाय नपाएको, कोरियाबाट डिपोर्ट नभएको र नेपाल सरकारले विदेश जान रोक नलगाएको हुनुपर्नेछ ।
परीक्षा काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्























