images
images
  • आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, सबै तयारी पूरा

    काठमाडौं– कक्षा १२ को परीक्षाफल आज सोमबार साँझ सार्वजनिक हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ र साँझ ५ बजे बोर्ड बैठक बसेर निर्णय लिने तयारी गरिएको छ ।

    बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनअघि आवश्यक प्राविधिक परीक्षण (डेमो) आइतबार सम्पन्न भइसकेको छ ।

    परीक्षा क्यालेन्डरअनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गर्नुपर्ने हो ।

    तर, शिक्षक आन्दोलनका कारण केही ढिलाइ भएको हो ।

    गत चैत २० देखि सुरु भएको आन्दोलन २९ दिन लामो चलेको थियो ।

    जसको असर नतिजा प्रकाशनमा परेको बोर्डले जनाएको छ ।

    यस वर्षको परीक्षा ११ वैशाखदेखि सुरु हुने तय भए पनि आन्दोलनका कारण ढिलो गरी २१ वैशाखदेखि सुरु भएको थियो ।

    परीक्षामा देशभरिबाट जम्मा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images