images
images
  • संघीयता विरोधी प्रधानमन्त्री ओलीको गैरजिम्मेवार अभिव्यक्ति– समावेशिता खारेज गर्नुपर्छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी प्रणालीबारे गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।

    राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समावेशिताबारे बहकिएर कुरा गर्ने गरिएको बताएका हुन् ।

    ‘हामी बहकिएर पनि कुरा गर्छौ कहिले कहिले । इन्क्लुसिभनेस आदि इत्यादी हामीले टेम्पोररी व्यवस्था गरेको हो’, ओलीले भनेका छन् ।

    समावेशी राजनीतिक पदमा पुग्नलाई मात्र काम लाग्ने उनले बताएका छन् ।

    ‘समावेशिताबाट डाक्टर हुन्छ ? इन्जिनियर हुन्छ ? यो समावेशिता भनेको पोलिटिकल पदमा पुग्नका लागि मात्रै हो, कुनै कामको कुरा होइन’, ओलीले भनेका छन् ।

    उनले समावेशी व्यवस्था संविधानमा उल्लेख समावेशतिा कार्यान्वयन नहुने तर्क गरेका थिए ।

    त्यसका निम्ति कोस्टरिकासँग भएको एउटा वार्ताको दृष्य उल्लेख गरेका छन् ।

    ‘मैले कोस्टरिका हेरेको छु । हाम्रो डेलिगेसनमा दुई तीन जना महिलाहरु हुनुहुन्थ्यो वार्ता गर्दाखेरी’ उनले भने, ‘उहाँहरुको ८ जना महिला थियो । दुई जना मात्रै पुरुष थियो । त्यो संविधानमा इन्क्लुसिभ राखेर होइन । इन्क्लुसिभले ८ जना महिला पुर्याउँछ र ? इन्क्लुसिभले ८ जना पुर्‍याउँदैन । धेरै भएको भए ५ जना पुर्‍याउँथ्यो ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images