images
images
  • ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार २५ वर्षीय युवकको मृत्यु

    काठमाडाैं– काठमाडाैंको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

    काठमाडाैं महानगरपालिका– ३२, कोटेश्वरस्थित सडकमा बाप्र ०१– ००४ ख ३२८७ नम्बरको ट्यांकरले बाप्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका– ३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

    ट्यांकर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images