images
images
  • माओवादी स्थायी कमिटीमा जनार्दनमाथि निर्मम कारबाहीबारे भएन छलफल

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ ।

    बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकका एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

    उनका अनुसार बैठकमा पार्टी हेडक्वार्टरबाट वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ हुनेछ ।

    पोखरामा आएर रोकिएको पार्टी अभियानलाई अगाडि बढाउने, आन्तरिक एकता सुदृढ गर्ने, समाजवादी मोर्चासहितका समसामयिक विषयमा छलफल हुनेछ ।

    त्यसपछि केन्द्रीय समिति बैठकको मिति पनि तय गरिनेछ ।

    संगठन निर्माण, नेताहरूको कार्यविभाजन र समसामयिक प्रस्तावहरू पारित गर्ने एजेन्डा पनि बैठकमा समावेश छन् ।

    यद्यपि पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले माओवादी नेतृत्वविरुद्ध दिएको अभिव्यक्तिको स्पष्टीकरणबारे कुनै छलफल नभएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images