काठमाडौं– सिन्धुलीका युवराज पौडेल ‘सफल’ले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत १६ जना उच्चपदस्थ नेताहरूलाई मानव तस्करीमा संलग्न रहेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी पठाएका छन् ।
हुलाकमार्फत पठाइएको सो उजुरीमा प्रधानमन्त्री ओलीसहित उपसभामुख इन्दिरा राना, गृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्रीहरू वामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रामबहादुर थापा, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालसमेतका नाम समावेश छन् ।
उनीहरूमाथि पदको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न भएको आरोप लगाइएको छ ।
पौडेलले उजुरीमा निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाहीको माग गरेका छन् ।
यसअघि पनि उनले यस्तै प्रकृतिको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराइसकेका थिए ।
तर, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीका अनुसार कानुनी प्रक्रिया पूरा नभएकाले सो उजुरी औपचारिक रूपमा दर्ता गर्न नसकिएको जानकारी दिएका छन् ।























