images
images
  • किशोरीको बलात्कार आरोपमा युवक पक्राउ

    काठमाडौं– सुर्खेतमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–५, गोगनपानीका ३१ वर्षीय उत्तम चन्द छन् ।

    १६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (साउन ११) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    उनी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ मा बस्दै आएका थिए । उत्तमले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images