images
images
  • सुर्खेतमा एक दम्पतिको करेन्ट लागेर मृत्यु

    सुर्खेतमा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

    वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर मृत्यु भएको छ ।

    सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी होमनजंग बुढथापाका अनुसार बिहान पौने ११ बजेतिर आफ्नै घरमा उनीहरूलाई करेन्ट लागेको थियो ।

    आचार्य दम्पतीले घाँस काट्ने विद्युतीय मेसिनद्वारा घाँस टुकार्दै गर्दा तारबाट उनीहरूलाई करेन्ट लागेको थियो ।

    अचेत अवस्थाका उनीहरूलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पुर्‍याएको केहीबेरमै बिहान सवा ११ बजेतिर चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images