images
images
  • ओली नेतृत्वको एमाले र भविष्यको शक्ति संघर्षप्रति विद्याको संकेतपूर्ण पटाक्षेप

    काठमाडौं– पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरणको विषयमा सार्वजनिक रूपमा मुख खोलेकी छन् ।

    प्रेस विज्ञप्ति जारी गर्दै उनले २०८२ असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा औपचारिक रूपमा एमालेको सदस्यता नवीकरण गरेको जनाएकी छन् ।

    उनले राष्ट्रपतिको कार्यकालपछि समाज, राजनीति र अन्तर्राष्ट्रिय मामिलामा चिन्तन गरिरहँदा पार्टीमार्फत् आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने निष्कर्षमा पुगेको उल्लेख गर्दै विधिपूर्वक सदस्यता नवीकरण गरेको बताएकी छन् ।

    तर, पार्टी केन्द्रीय कमिटीले उक्त सदस्यता अस्वीकृत गरेपछि आफू दुःखी भएको प्रतिक्रिया दिएकी छन् ।

    भण्डारीले पार्टीको निर्णय अपरिपक्व, आवेगपूर्ण र जनवादी केन्द्रीयताको सिद्धान्त विपरीत रहेको टिप्पणी गर्दै यस्तो निर्णयले पार्टीको साखमा आँच आउने दाबी गरेकी छन् ।

    उनले आफू कुनै पदको लोभ नभई देश र जनताको सेवाका लागि राजनीतिमा सक्रिय हुने संकल्पमा दृढ रहेको बताएकी छन् ।

    उनले जबजको मूल मर्मअनुसार पार्टी निर्माणमा एकता र सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण एमाले कार्यकर्तालाई विचार र मूल्यमा अडिग रही सक्रिय भूमिका खेल्न पनि आव्हान गरेकी छन् ।

    भण्डारीको विज्ञप्ति पार्टीभित्रको आन्तरिक द्वन्द्व, विशेषतः केपी शर्मा ओली नेतृत्वसँगको सम्बन्ध र भविष्यको शक्ति संघर्षप्रति संकेतपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images