images
images
  • ५० जना बोकेको रुसी यात्रु विमान हरायो

    काठमाडौं– रुसको अमुर क्षेत्रको पूर्वी भागमा करिब ५० जना बोकेको एक रुसी यात्रु विमान हराएको छ ।

    रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४ विमान बेपत्ता भएको हो ।

    विमानमा पाँच बालबालिका र ६ चालक दलका सदस्यसहित ४३ जना रहेको खुलेको छ । “विमानको खोजीका लागि सबै स्रोत परिचालन गरिएको छ,” क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममा भनेका छन् ।

    रोयटर्सका अनुसार, आपत्‌कालीन मन्त्रालयले विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

    दोस्रोपटक अवतरण प्रयासको क्रममा विमान हराएको समाचारमा उल्लेख छ । विमानले पहिलोपटक टिन्डा विमानस्थलमा गरेको अवतरण प्रयास असफल भएको थियो ।

    “अंगारा एयरलाइन्सको एन–२४ ले टिन्डा विमानस्थल नजिकैको तोकिएको चेकपोइन्टमा सम्पर्क गर्न असफल भयो,” स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले भनेको छ ।

    टिन्डा मस्कोबाट करिब ६ हजार ६०० किलोमिटर पूर्वमा अवस्थित छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images