images
images
  • अमेरिकामा उडिरहेको विमानमै अपरिचित जोडी यौनमा लीन भेटिएपछि…

    अमेरिकाको एउटा हवाईजहाजमा अनौठो घटना भएको कुरा सार्वजनिक भएको छ।

    शनिबार फ्लोरिडा जाँदै गरेको डेल्टा एयरलाइन्सको विमानमा एक अपरिचित जोडी आफ्नो सिटमा यौनसम्पर्क गरिरहेको आरोपमा पक्राउ परेका हुन्।

    उडानका क्रममा दुई बालबालिकाले उनीहरूलाई यौनसम्पर्क गरिरहेको देखेको दाबी गरिएको छ।

    यो कुरा उनीहरूले चालक दलका सदस्यहरूलाई जानकारी गराएपछि त्यो जोडीलाई विमानस्थलमा विमान अवतरण गर्नेबित्तिकै पक्राउ गरिएको हो।

    डब्ल्यूडब्ल्यूएसबीको एक मिडिया रिपोर्टअनुसार, त्यस्तो आरोपमा ४३ वर्षीया ट्रिस्टा एल. रेली र ४२ वर्षीय क्रिस्टोफर ड्र्यु अर्नोल्डलाई गिरफ्तार गरिएको हो।

    दुवै ड्यानबरीका बासिन्दा हुन्। उनीहरू न्युयोर्कबाट फ्लोरिडाको सारासोटा जाँदै गरेको जेटब्लूको उडानबाट ओर्लने क्रममा पक्राउ परेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images