काठमाडौँ : कम्युनिष्ट पार्टीहरूले ९ पटक सरकारको नेतृत्व गर्दा जनतालाई के दियौँ भन्ने प्रश्न गर्नुपर्ने बताएका छन्।
देशमा गरिबी, दलित र जनजातिमाथिको उत्पीडन, महिला हिंसा र बेरोजगारी हटाउन नसक्नु गम्भीर समस्या भएको उनले बताए। उनले कम्युनिष्ट पार्टीहरू कुर्सीको खेलमा अल्मलिँदा जनताले निकास नपाएको बताए।
उपमहासचिव शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरूले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको बताए।
शर्माले ९ पटक सरकारको नेतृत्व गर्दा हामीले जनतालाई के दियौं ? के बदल्यौं भन्दै सोधे। कम्युनिष्ट आन्दोलन सुधार गर्ने वा विघटनतर्फ जाने भन्ने जिम्मेवारी आजका कम्युनिष्ट नेताहरूले बोक्नुपर्ने उनको धारणा छ।
उनले भने, ‘आज लाखौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन्‚ देशको जमिन बाँझो छ। ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं? के बदल्यौं? के पूरा गर्यौँ वा किन गरेनौं? हाम्रो पार्टीका आचरण र व्यवहारलाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा हो।’
उनले नेपालका कम्युनिष्ट नेताहरूले सेटिङमा असुली धन्दा गरेको ठहर भएकै जिकिर गरे।























