काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।
आठ हजार १ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल पौडेलका अनुसार पिसिआर विधिबाट ४ हजार ८७६ जनाको परीक्षण गरिएको थियो। एन्टिनेजबाट ३ हजार २५६ जनाको परीक्षण गरिएको थियो।
त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। सोही अवधीमा नेपालमा २ हजार ५५२ जना कोरोनाबाट निको भएका छन्
त्यस्तै, काठमाडौँ उपत्यकामा थप चार सय ६१ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















