images
images
  • थप २ हजार ३२८ जना कोरोना संक्रमित, १९ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर १९ जनाको मृत्यु भएको छ ।

    शनिबार १० हजार १३३ जनाको परीक्षण हुँदा २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ हजार ०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images