images
images
  • १५ वर्ष सम्बन्धमा रहेर बलिउड अभिनेता आमिर खानले गरे दोस्रो पटक सम्बन्धविच्छेद !

    दिल्ली । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।

    बलिउड अभिनेता आमिर खान र किरण रावको १५ वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ ।  आमिर खानको यो दोस्रो सम्बन्धविच्छेद हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।

    शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको जनाएका छन् ।

    आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पतिपत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरे ।

    आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।”

    उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

    किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ तारिखमा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images