images
images
  • स्मार्ट टेलिकमको फ्रि अफर: २ मिनेट कलको पैसा तिरेर अनलिमिटेड कुराकानी गर्न पाइने

    काठमाडौं । स्मार्ट टेलिकमले ‘दुईपछि फ्रि’ अफर सुचारू गरेको छ । यसअन्तर्गत स्मार्टबाट स्मार्टकै नेटवर्कमा फोन गर्दा अब प्रयोगकर्ताले पहिलो दुई मिनेटको मात्रै शुल्क बुझाउँदा हुने भएको छ ।

    कम्पनीले सिस्टम सुचारु भएको जानकारी दिँदै ग्राहकले अब यो सेवाबाट लाभ लिनसक्ने जनाएको छ । यो अफरअन्तर्गत पहिलो दुई मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिने छ भने त्यसपश्चातको बाँकी कुराकानी निःशुल्क रुपमा गर्न सकिन्छ ।

    ‘नेटवर्क जसले दिन्छ तपाईंलाई धेरै’ भन्ने नाराका साथ अघि बढिरहेको स्मार्टले आम उपभोक्ताको सञ्चारसँगको असीमित पहुँचलाई बढवा दिन यो योजना अघि बढाएको हो । यो योजना प्रयोगका लागि स्मार्ट प्रयोगकर्ताले ८१४१८१८५८१३ डायल गरी सेवा सुचारू गर्नसक्ने छन् ।

    ग्राहकले थप जानकारीको लागि १४२४२र९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images