images
images
  • सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

    • images
    • १८ असार २०७८

    काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सलेको छ । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।

    गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गर्नुभएका पोखरेलसँग एनआइसी, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

    स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उहाँलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रुरूपमा लिने गरेका छन् । उहाँसग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images