राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ ।
बैंकले साविककै आकार रंगकै संकेत नम्बर द३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो ।
यो नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ ।
साविक कै नोटमा झै यसका विशेषता पनि उही छन् ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँ तर्फ लालीगुराँसको पानी छाप, तललो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विसं २०८२ भनेर लेखिएको छ ।
नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमा फर्किन्छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















