images
images
  • हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जना तीर्थयात्रीको मृत्यु

    काठमाडौं– भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा मंगलबार एक हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको छ ।

    आर्यन एभिएसन कम्पनीको सो हेलिकप्टर केदारनाथ मन्दिर दर्शन गरी फर्किंदै गर्दा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा एक बच्चासहित पाँच जना तीर्थयात्री र पाइलटको मृत्यु भएको भारतीय मिडियाहरूले जनाएका छन् ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनास्थलमा तत्काल खोज तथा उद्धार टोली खटाइसकिएको जानकारी दिएका छन् । प्रारम्भिक विवरणअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकप्टर गौरीकुण्डतर्फ जाँदै गर्दा रुद्रप्रयाग नजिकै दुर्घटना भएको हो । हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका तीर्थयात्रीहरू सवार थिए ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images