काठमाडौं – सभामुखले गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न अनुमति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरूले संसद्को बेल घेराउ गर्दै नाराबाजी गरेका छन्।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। सोही मागसहित रास्वपाले आन्दोलन जारी रहेको जनाएको छ।
आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले बैठक अवरोध गरेका हुन्। तीन दलबीच दुई बुँदे सहमति भई संसद् सुचारु भए पनि रास्वपा र राप्रपाले असन्तुष्टि जनाउँदै पुनः अवरोध गरेका हुन्।
बैठक सुरु भएपछि सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। तर, त्यसक्रममा रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाउँदै अवरोधमा उत्रिएका थिए।
प्रतिक्रिया दिनुहोस्























