images
images
  • कांग्रेस केन्द्रीय समिति बैठक असार १५ मा बस्ने

    काठमाडौं – नेपाली कांग्रेसले असार १५ मा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।

    पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ ।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति लगायतबारेमा छलफल हुने बताइएको छ ।

    बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images