images
images
  • आईपीएल विजयोत्सवमा भागदौड, ११ जनाको ज्यान गयो

    बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सवमा बुधबार भागदौड मच्चिँदा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    घटनास्थलमा लाखौँ मानिसहरूको भीड थियो। स्थानीय अधिकारीहरूका अनुसार र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो। केही मानिसहरू अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ।

    कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गए। ​उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन्

    प्रतिक्रिया दिनुहोस्
    images
    images