images
images
  • थप २ हजार ८९२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु


    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको छ ।

    यसअघि मंगलबार २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । 

    यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ ९पीसीआर० र ३४ हजार ९४४ ९एन्टिजेन० जना पुगेको छ । यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृतकको संख्या ९ हजार ११२ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images