images
images
  • पाकिस्तानमा १७ वर्षीय टिकटक स्टारको हत्या

    काठमाडौं – पाकिस्तानमा टिकटक स्टारको हत्या भएको पछिल्लो घटना सार्वजनिक भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादकी १७ वर्षीय टिकटक स्टार सना युसुफको गोली हानी हत्या भएको घटना स्थानीय प्रशासनमा दर्ता गरिएको छ ।

    घटनाअनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले घरभित्र पसेर सनामाथि गोली प्रहार गरेको थियो । इस्लामाबादस्थित संबल प्रहरी थाना दर्ता भएको जाहेरीमा सनाकी आमाले आफ्नी छोरीमाथि दुई गोली प्रहार भएको उल्लेख गरेकी छन् ।

    ‘अज्ञात व्यक्ति सिँढीबाट तल भाग्यो, हामीले हारगुहार गर्न थालेपछि छिमेकी भेला भए । छिमेकीको गाडीमा छोरीलाई बसाएर अस्पताल लग्यौं तर मेरी छोरीले त्यस अघि नै संसार छोडिसेककी थिई ।’ सनाकी आमाले दर्ता गराएको जाहेरीमा उल्लेख छ । उनले जाहेरीमा श्रीमान् घरमा नभएको, उनी, उनका देवर र छोरी सना मात्र घरमा भएको उल्लेख गरेकी छन् ।

    बिबिसीले अनुसार घटनाको अवस्था बुझ्न सनाको परिवारसँग सम्पर्क गरे पनि प्रतिक्रिया प्राप्त नभएको जनाएको छ ।

    टिकटक स्टारको हत्या पहिलो होइन

    स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले टिकटक स्टारको हत्याको घटना पहिलो नभएको उल्लेख गरको छ ।

    गत वर्ष पाकिस्तानको पञ्जाबमा टिकटक स्टार इकरा आजमलाई उनकै आफन्तले हत्या गरेको घटना बाहिरिएको थियो ।

    सना हत्या प्रकरणको अनुसन्धान गरेका प्रहरीका सई मनसबदारलाई उद्धृत गर्दै बिबिसीले मृतकको शव पाकिस्तानस्थित इन्स्टिच्युट अफ मेडिकल साइंसेज (पीआईएमएस) मा पोस्टमर्टम गरेपछि आफन्तलाई बुझाइएको छ ।

    सना युसुफको हत्या अनुसन्धान गरिरहेका सई मनसबदाका अनुसार प्रहरीले घटनास्थलमा लगाइएको सीसीटिभी क्यामेराको फुटेज हात पारेको छ ।

    शङ्कास्पद व्यक्ति घर प्रवेश गर्यो र सिधै सनाको कोठामा गयो

    प्रहरी अधिकारीका अनुसार घटनामा देखिएका अभियुक्तका बारेमा निकै प्रमाणहरू प्राप्त भएको छ । अभियुक्तलाई चाँडै नै पक्राउ गर्ने प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार सनाको हत्या गर्नुभन्दा अघि अभियुक्तले उनको कोठा र घरको खानतलासी गरेको थियो । जब कोठामा सनाका आमाबुवा नभएको देखेपछि पेस्तोल निकालेर दुई गोली चलाएको थियो ।

    घटनाका अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘संदिग्ध व्यक्ति घरमा पस्यो, सिधै सनाको कोठामा गयो र उनी बाहिर निस्कने बित्तिकै गोली चलाउन सुरु गर्यो ।’

    प्रहरीका अधिकारीका अनुसार गोली लागेर घाइते भएकी सना ढल्ने बित्तिकै संदिग्ध व्यक्ति घटनास्थलबाट भागेको थियो ।

    सना युसुफ खैबर पख्तुनख्वा प्रान्तस्थित चित्राल जिल्लाकी थिइन् । उनको परिवार केही समयदेखि इस्लामावादमा बस्दै आएका थिए ।

    १७ वर्षीया उनको टिकटक एकाउन्टमा झण्डै साढे ८ लाख बढी फलोअर्स थिए । हिजैमात्र सनाले जन्मदिनको भिडियो उनको इंस्टाग्राम एकाउन्टमा शेयर गरिएको थियो । जसमा उनी आफ्ना साथीहरूसँग जन्मदिन मनाउँदै गरेको देखिएकी थिइन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images