images
images
  • स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं – सोमबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दै छ ।

    डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    नेपालले स्कटल्याण्डसँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । अमेरिकामा गत अक्टोबरमा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डसँग एक खेल जित्दा एक खेल वर्षाका कारण हुन सकेन ।

    हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ । पछिल्ला चार खेलमा नेपाल अपराजित छ जहाँ ३ जित निकाल्दा १ नतिजाविहीन थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images