images
images
  • नेपाली महिला टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।

    थाइल्यान्डमा हुने मैत्रीपूर्ण खेल स्थानीय समयअनुसार साढे चार बजे सुरु हुनेछ।

    यो खेलअघि महिला टोलीले थाइल्यान्डसँग बन्द रगंशालामा अभ्यास खेल खेलेको थियो। सो अभ्यास खेलमा नेपाली टोली १–० ले पराजित भएको थियो।

    फिफा वरियतामा थाइल्यान्ड ४७ औँ स्थानमा छ।

    थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली एसियन कपको तयारीमा जुट्नेछ। एसियन छनोटमा नेपाल लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको समूह एफ मा छ। छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ। जुलाइ २ मा श्रीलंकासँग र जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ।

    नेपाली टोलीः
    गोलरक्षकः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
    डिफेन्डरः अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिर, मनमाया दमाई
    मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सविता राना मगर, सरस्वती हमाल, सुस्मा तामाङ
    फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

    प्रतिक्रिया दिनुहोस्
    images
    images