images
images
  • विश्वको सबैभन्दा धनी फुटबल क्लब : रियल मड्रिडको लगातार चौथो कब्जा

    काठमाडौं – लगातार चौथो वर्ष स्पेनिस क्लब रियल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ ।

    फोर्ब्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार विश्वको सबैभन्दा धनी फुटबल क्लब बनेको रियल मड्रिडको सम्पत्ति ६.७५ बिलियन डलर छ ।

    रियल मड्रिडले सन् २०२३–२४ को सिजनमा १.१३ बिलियन डलर कमाउने पहिलो फुटबल क्लब बनेको छ । फोर्ब्सका अनुसार, रियल मड्रिडपछि सबैभन्दा धनी क्लबको सूचीमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छ । म्यानचेस्टर युनाइटेडको सम्पत्ति ६.६ बिलियन डलर छ ।

    युनाइटेडले सन् २०२३–२४ को सिजनमा ८३४ मिलियन डलर आम्दानी गरेको छ । यस्तै, तेस्र स्थानमा रहेको स्पेनिस क्लब बार्सिलोनाको सम्पत्ति ५.६५ बिलियन डलर छ ।

    फोर्ब्सका अनुसार बार्सिलोनापछि शीर्ष १० मूल्यवान क्लबमा ६ वटा प्रिमियर लिग क्लब परेका छन् । लिभरपुल, म्यानचेस्टर सिटी, आर्सनल, टोटनहम हट्सपर र चेल्सी क्रमशस् क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् ।

    यस्तै, जर्मन क्लब बायर्न म्युनिख नवौँ र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) दशौँ स्थानमा छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images