images
images
  • मदन भण्डारी कप रोड रेस : वीरेन्द्रनगरमा खुला दौड प्रतियोगिता २४ जेठमा हुने

    काठमाडौं – मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा खुला रोड रेस प्रतियोगिता हुन लागेको छ। १० र ५ किलोमिटर दूरीका दुई वर्गमा सञ्चालन हुने यो प्रतियोगिता आगामी २४ जेठ बिहान ७ बजे घण्टाघरबाट सुरु हुनेछ।

    १० किलोमिटरको खुला दौड प्रतियोगिता पुरुष र महिलाका लागि समान रुपमा खुला हुनेछ। विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ भने दोस्रो स्थान हासिल गर्नेले ३० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौँ स्थानमा आउने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    त्यस्तै, ५ किलोमिटरको विद्यालयस्तरीय यू-१८ प्रतियोगिता कर्णाली प्रदेशका छात्र तथा छात्राहरूका लागि मात्र सीमित हुनेछ। यसतर्फ प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार, चौथो स्थानका लागि ५ हजार र पाँचौँका लागि ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ। यसका अतिरिक्त, दशाैँ स्थानसम्म पुग्ने सबैलाई प्रोत्साहनस्वरूप एक/एक हजार रुपैयाँ प्रदान गरिनेछ।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीका कार्यक्रम संयोजक तेजविक्रम बस्नेतका अनुसार,’सबैका लागि खेलौँ’भन्ने मूल नारासहित एकेडेमीले स्थापनाकालदेखि स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको छ। कर्णालीमा आगामी दिनमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारीस्वरूप यो प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images