images
images
  • पीएसजीलाई पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि

    पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि उचालेको छ।

    शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक उपाधि आफ्नो हात पारेको हो।

    पीएसजीको जितमा डिजेर डुवेले दुई तथा अच्राफ हाकिमी, ख्विचा क्वारत्स्खेलिया र सेनी मायुलुले एक-एक गोल गरे।

    फ्रेन्च लिग वान च्याम्पियन पीएसजीका लागि खेलको १२ औँ मिनेटमा हाकीमीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

    खेलको २० औँ मिनेटमा डुवेको गोलमा पीएसजीले अग्रता दोब्बर पार्यो।

    पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप ३ गोल गर्यो। खेलको ६३ औँ मिनेटमा डुवेले व्यक्तीगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए।

    खेलको ७३ औँ मिनेटमा क्वारत्स्खेलियाले गोल गर्दै पीएसजीको अग्रता फराकिलो पारे। खेलको ८६ औँ मिनेटमा मायुलुको गोलमा पीएसजीले ५–० को अग्रता बनाउँदै च्याम्पियन बन्यो।

    सन् २०१५ मा बार्सिलोनालाई च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक लुइस एनरिक दुई फरक क्लबबाट उपाधि जित्ने छैटौँ प्रशिक्षक हुन्।

    494820379 1191718102696129 7800440250981409736 n 6m1oRds78s

    प्रतिक्रिया दिनुहोस्
    images
    images