images
images
  • पीएम कप भलिबलको उपाधि भिडन्त आज

    काठमाडौं : नवौं पिएम कप एनभिए लिगको महिलातर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबबीच खेल हुँदैछ।

    खेल आज मध्यान्ह १२ बजे पोखरा कबर्डहलमा हुनेछ। महिला लिगमा पुलिस अपराजित रह्यो। लिगको अन्तिम खेलमा साविक विजेता पुलिसले बुधबार न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हरायो। ५ खेलमा पुलिसले १४ अंक जोड्यो। पुलिस बाहेक सबै ४ टोलीलाई हराएको न्यु डायमण्डले १२ अंक बटुल्यो।

    तेस्रो स्थानको लागि नेपाल एपिएफ क्लब र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल विहान ८ बजे पोखरामा नै हुनेछ।

    पुरुषतर्फ गण्डकी प्रदेश र टिप टप हेल्प नेपालले उपाधिका लागि खेल्नेछन्। फाइनल खेल ३ बजे हुनेछ। पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। यी दुईबीचको खेल बिहान १० बजे सुरु हुनेछ।

    नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको थियो। ​ दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।

    सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन्।​ पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

    महिलातर्फ पुलिस र न्यु डायमण्ड नेपालमा आयोजना हुने काभा क्लब च्याम्पियन्सका लागि छनोट भैसकेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images