images
images
  • एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

    काठमाडौं : रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ।

    गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

    रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका थिए। एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए।

    योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन्। दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका छन्, उनले २५ गोल गरेका छन्। रियल म्याड्रिडमा एम्बाप्पेले यस सिजनका सबै खेलमा ४३ गोल गरेका छन्।

    जितपछि रियल म्याड्रिडले ३८ खेलमा ८४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images