images
images
  • आजदेखि पोखरामा प्रधानमन्त्री कप एनभीए भलिबल

    काठमाडौं : पोखरमा आजदेखि प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग सुरु हुँदैछ।

    उद्घाटन खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँग खेल्नेछ।

    महिलातर्फको यो खेल पोखरा रंगशालास्थित बहुउद्देसीय कभर्डहलमा बिहान ८ बजे सुरु हुनेछ।

    आजै बिहान १० बजे सुरु हुने दोस्रो खेलमा एभरेस्ट भलिबल क्लब बुटवल र विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्।

    यसैगरी पहिलो दिन पुरुषतर्फ चार खेल हुनेछन्। बिहान १२ बजे एपीएफले सुदूरपश्चिम प्रदेश स्पोर्ट काउन्सिलसँग खेल्दा टिपटप हेल्प नेपालले अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग २ बजे खेल्नेछ।

    यसैगरी गण्डकी प्रदेश भलिबल एशोसिएसनले कोशी प्रदेश खेलकुद काउन्सिलसँग ४ बजे खेल्ने तालिका छ।

    आजको अन्तिम खेलमा मुलपानी भलिबल क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images