images
images
  • सुपर थ्रीको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस जित्यो

    आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस जितेको छ।

    थाइल्यान्डको बै‌ंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा मंगलबार बिहान नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली थाइल्यान्डले पहिले ब्याटिङ गर्नेछ।

    यसअघि नै ग्लोबल छनोटमा पुगिसकेका नेपाल र थाइल्यान्ड आज सुपर थ्रीको शीर्ष स्थानमा रहन स्पर्धा गर्दै छन्।

    सुपर थ्रीको आफ्नो पहिलो खेलमा सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको हो।

    यस्तै थाइल्यान्ड आइतबार यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा पुगेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images