images
images
  • यूएईविरुद्ध टस जितेको नेपाल फिल्डिङमा

    काठमाडौं : आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा नेपाल र यूएईको खेल जारी छ।।

    थाइल्यान्डमा जारी छनोटमा नेपाल ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जीत टाढा छ। ट्रेड थाइ क्रिकेट मैदान ब‌ैँककमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ।

    यदि, नेपालले आजको खेलमा यूएईलाई हराउन सके नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

    एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन्। शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आज भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो।

    यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो। त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो।

    नेपालको विश्वकप पुग्ने बाटोमा यूएई बाधक बन्दै आइरहेको छ। अहिले भने नेपालसामु यूएईलाई नै हराएर विश्वकपमा पुग्ने अवसर आएको हो।

    नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो। एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images