images
images
  • भारतीय मिडियामा फोटो सार्वजनिक भएपछि दीपाश्रीको भनाइ: ‘फ्यानसँग खिचिएको फोटो दुरुपयोग गरियो’

    काठमाडौं – अहिले केही भारतीय मिडियामा केही वर्षअघि भारतमा हत्या गरिएको भनिएकी नेपाली मोडल अञ्जना लामाबारेको समाचार आइरहेको छ । केही भारतीय मिडियाले यो घटनाबारे आफ्नै तरिकाले समाचार कभरेज गरिरहेका छन् ।

    दैनिक भाष्करले अन्जना मृत भेटिएको केही वर्षअघिको उक्त घटनाबारे लेखेको छ । यो समाचारले भने नेपाली कलाकार दीपाश्री निरौलालाई हैरानी दिएको छ । उक्त न्यूजभित्र दीपाश्रीको एक तस्वीर प्रयोग भएको छ जहाँ उनलाई अञ्जनाकी जेठानीको रुपमा एक पुरुषसँग देखाइएको छ ।

    दीपाश्रीले यो तस्वीरलाई गलतरुपमा प्रयोग गरेर भ्रम फैलाइएको बताएकी छीन् । ‘यो फोटोलाई गलतरुपमा प्रयोग गरिएको छ । यससँग मेरो लेनादेना छैन’ उनले भनिन्, ‘यो भ्रममा नपर्न म आग्रह गर्छु ।’

    दीपाश्री निकट अभिनेता तथा निर्माता दीपकराज गिरीले ‘छक्कापञ्जा ३’को प्रचारप्रसारको समयमा फ्यानसँग उक्त फोटो खिचिएको र त्यसलाई भारतीय मिडियाले दुरुपयोग गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images